Header Ads

प्रचण्ड अस्पताल पुगे रौतहट बम काण्डका घाइते भेट्न ..


काठमाडौँ ।  रौतहटको बम काण्डमा घाइते भएका दुई जनालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन मेडिकल कलेज पुगेका छन् ।



बुधबार साँझ चितवन मेडिकल कलेजमा पुगी रौतहटको बम काण्डमा घाइते भएका सरिता राई र जैविक राईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।



मंसीर २ गते अज्ञात समूहको बम आक्रमणबाट घाइते आमा सरिता र छोरा जैविकको चितवन मेडिकल कलेजको सघन उपचार कक्षको बेड नं १४ र १५ मा उपचार भइरहेको छ।

प्रचण्ड अस्पताल पुगेर उनीहरुको स्वास्थ अवस्थाबारे जानकारी लिनका साथै शीर्घ स्वास्थ्य लाभको काम  पनि गरेका थिए । उनले डाक्टरहरुलाई घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह पनि गरेका थिए ।


बाम गठबन्धनको वडा नम्बर ५ को भेलालाई लक्षित गरी रौतहटको चन्द्रपुर गाउँपालिकाको राधाकृष्ण मन्दिर छेउमा अज्ञात समूहले बम विस्फोट गराउँदा दुई जनासहित अन्य छ जना घाइते भएका थिए ।


आइतबार मात्र पुत्र प्रकाश दाहाललाई गुमाएका प्रचण्ड आज चितवन पुगेर चुनावी तथा श्रद्धाञ्जलीमा भाग लिएका थिए ।

No comments

Powered by Blogger.