Header Ads

अकुत सम्पत्ति आर्जनको अभियोगमा अख्तियारद्वारा अनुसन्धान सुरुपूर्व आईजिपी अर्याल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालमाथि अकुत सम्पत्ति आर्जनको अभियोगमा अनुसन्धान सुरु गरेको छ।
पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले अर्याललाई एक साताअघि नै १३ पाने फारम भराएको अख्तियार उच्च स्रोतले जनाएको छ।
‘महानिरीक्षक हुँदा गाडी तथा प्रहरीको कपडा खरिदमा अनियमितता गरेको आरोपमा उहाँसँग अख्तियारले बयान लिन सुरु गरेको छ’, स्रोतले भन्यो।
सम्पत्ति मूल्यांकन तथा अनुसन्धान सम्बन्धी अख्तियारको निर्देशिका अनुसार अकुत सम्पत्ति आर्जन गर्ने व्यक्तिलाई अख्तियारले १३ पाने भराउँछ । चार खण्ड हुने १३ पानेको खण्ड १ मा व्यक्तिगत र पारिवारिक विवरण हुन्छ । यस्तै, खण्ड २ मा सार्वजनिक पद धारण गरेको विवरण, खण्ड ३ मा अचल सम्पत्तिको विवरण र खण्ड ४ मा चल सम्पत्तिको विवरण हुन्छ।
आयोगले त्यसमा व्यक्तिले हालसम्म आर्जेको सम्पूर्ण सम्पत्तिको विवरण संलग्न गराएर अनुसन्धान सुरु गर्छ । अर्यालले आर्जन गरेको सम्पत्ति अस्वाभाविक देखिएकाले १३ पाने मार्फत उनको विवरण अख्तियारले प्राप्त गरेको छ । उनलाई आइतबार नै बयानका लागि बोलाइएको हो।

No comments

Powered by Blogger.