Header Ads

प्रचण्डपुत्र प्रकाश दाहालको निधन, नर्भिक अस्पतालमा अाफन्तकाे रूवाबासी को थिए प्रकाश दाहाल ?



काठमाडौं ।३ मंसिर,  प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ ।





 प्रकाशको जन्म २०३८ असार १७ गते चितवनमा भएको हो । प्रकाश पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका एकमात्र छोरा हुनुहुन्थ्यो । प्रकाश बुवाआमासँगै माओवादी सशस्त्र संघर्षका बेला भूमिगत हुनुभएको थियो ।


जनयुद्धको बेलामा बुवा प्रचण्डलाई दिएको साथ प्रकाशले अहिले पनि कायमै राख्नुभएको थियो । प्रचण्डका स्वकीय सचिवको रुपमा उहाँले काम गरिरहनुभएको थियो ।


प्रकाशलाई एक कुशल व्यवस्थापकको रुपमा लिइन्छ । उहाँलाई आफ्नो भन्दा पनि बुवा प्रचण्ड, पार्टी र राष्ट्रिय हित एवं स्वार्थका बारेमा बढी सोच्ने व्यक्तिका रुपमा उहाँ निकट रहेकाहरुले बताउने गरेका छन् । प्रचण्डका दुई छोरी र एक छोरामध्ये जेठी छोरी ज्ञानुको क्यान्सरका कारण यसअघि नै निधन भएको थियो ।




No comments

Powered by Blogger.