ट्रम्प एसियाको ११ दिने भ्रमणमा उत्तर कोरियासंगको तनाव घटाउन ।।।।।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ११ दिन लामो एसिया भ्रमण सुरु भएको छ । यो भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प जापान, दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्स पुग्नेछन् । पछिल्लो २५ वर्षमा कुनै पनि अमेरिकी राष्ट्रपतिले गर्न लागेको यो लामो एसिया भ्रमण हो ।
उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर तनाव उत्कर्षमा पुगेका बेला सुरु भएको ट्रम्पको भ्रमणलाई निकै महत्वका साथ लिइएको छ । उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर अमेरिका, दक्षिण कोरिया तथा जापान एक पक्षमा छन् ।
राष्ट्रपति ट्रम्पले भ्रमणको क्रममा उत्तर कोरियाको विषयमा अमेरिका, दक्षिण कोरिया र जापान एकताबद्ध रहेको सन्देश दिने अपेक्षा गरिएको छ । यस्तै उत्तर कोरियालाई सहयोग गर्दै आएको चीनलाई थप दबाब दिने पनि आंकलन गरिएको छ । ट्रम्पले यसअघि पनि चीनसँग उत्तर कोरियालाई परमाणु कार्यक्रम रोक्न दबाब दिन आग्रह गर्दै आएका थिए ।
भ्रमणको सुरुमा ट्रम्प अमेरिकी राज्य हवाइ पुग्ने कार्यक्रम रहेको छ । त्यसपछि जापान हुँदै दक्षिण कोरिया जाने कार्यक्रम रहेको सिएनएनले जनाएको छ । दक्षिण कोरियाबाट चीन जाने र चीनमा ट्रम्पले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि भियतनाम जाने ट्रम्पले त्यहाँ एसिया–प्यासिफिक इकोनोमिक को–अपरेसनको सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । एसिया भ्रमणको अन्तिम गन्तव्य हुनेछ फिलिपिन्स । उनले फिलिपिन्सको राजधानी मनिलामा हुने दक्षिण पूर्वी एसियाली देशको सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ ।

Post a Comment