जर्नादन शर्माको यस्तो आयो प्रतिक्रिया बम हमलापछि
रुकुम– प्रतिनिधिसभा पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्मा ‘प्रभाकर’ले आफुले मृत्युलाई जितेर आएको वताउँदै बम हान्दैमा आफु नतर्सिने वताएका छन् ।
वामएकताको सहजीकरण गरेर मुलुकलाई समाजवादी क्रान्तिको दिशामा लैजादा दलालहरु तर्सेर आफुमाथि आक्रमण गर्न थालेको उनको भनाई छ । शुक्रबार सानीभेरी गाँउपालिकाको सिम्लीमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य समेत रहेका प्रभाकरले क्रान्तिको दिशामा अगाडि वढ्दा यस्ता चुनौति आईलाग्ने वताए ।
उनले जनताको वलमा यस्ता चुनौतिको सामना गर्ने भन्दै घटनाले आफुलाई अझै जनताप्रति उत्तरदायी वनाउने दावी गरे । चुनावी कार्यक्रमका लागि सानीभेरी जाने क्रममा आज शर्माको टोलीमाथि बम आक्रमण भएको थियो ।
उम्मेदवार प्रभाकरले जिल्लाको विकासका क्रममा अहिलेसम्म ७७० किलोमिटर सडक निर्माण, १ मेघावाट विद्युत उत्पादन, राष्ट्रिय विद्युत प्रशारण लाईनको पहुँच लगायतका काम सम्पन्न भएको वताए । उनले संक्रमणकालमा भएको यो प्रगति रुकुमको समृद्धिका लागि जग भएको भन्दै अव विकास निर्माणको अभियान तिव्र वनाउने बताए ।
निर्वाचन पश्चात राज्यका तीनवटै तहमा वामपन्थी सरकार बन्ने भन्दै नेता प्रभाकरले उत्पादन र विकासको अभियानले पनि गति लिने दावी गरे । जनताको आर्थिक जीवन नवदले समाजवाद नआउने भन्दै उनेता प्रभाकारले उत्पादनमुलक काममा लाग्न युवाहरुलाई आग्रह गरे ।
सभालाई सम्वोधन गर्दै एकता संयोजन समिति पश्चिम रुकुमका प्रमुख नेता तथा नेकपा (माओवादी केन्द्र)का जिल्ला ईन्चार्ज राजकुमार शर्माले जनमतवाट पराजित दलालहरु अपराधिक कर्ममा उत्रिएको वताए । मुलुकको राजनैतिक स्थायित्व र समृद्धि प्राप्तीको अभियानवाट डराएर दलालहरुले हिंसाको सहारा लिएको नेता शर्माको भनाई छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै एकता संयोजन समिति पश्चिम रुकुमका अर्का प्रमुख नेता नेकपा (एमाले)का केन्द्रीय सदस्य शेरवहादुर केसीले माओवादी केन्द्र र एमाले विच चुनावी तालमेल मात्र भएको नभई पार्टी एकता सहित निर्वाचनमा होमिएको वताए ।
प्राविधिक कारण तालमेल जस्तो देखिए पनि खासमा पार्टी एकता सहित आफुहरु निर्वाचनमा होमिएको उनको भनाई छ । निर्वाचन पश्चात कम्युनिष्ट शक्तिको दुई तिहाई वहुमत पुग्ने दावी गर्दै केसीले मुलुक समाजवादी क्रान्ति तर्फ अगाडि वढेको वताए ।
कार्यक्रममा एकता संयोजन समिति पश्चिम रुकुमका प्रमुख नेता तथा नेकपा (माओवादी केन्द्र)का जिल्ला ईन्चार्ज राजकुमार शर्मा, प्रदेश सभा क्षेत्र नं. २ का उम्मेद्धार गोपाल शर्मा अनल, समानुपातिक उम्मेदवार विमला केसी, चन्द्रवहादुर विक र देवि ओली लगायतले सम्वोधन गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय लोक गायकहरु अमित परियार, तिलक परियार, डिल्ली परियार लगायतले गित मार्फत वामगठवन्धनका उम्मेदवारहरुको पक्षमा मत मागेका थिए ।

Post a Comment