दक्षिण कोरियामा;अमेरिकी राष्ट्रपति ट्रम्प
एसिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज दक्षिण कोरिया पुग्नु भएका छन्। राष्ट्रपति ट्रम्प दक्षिण कोरियामा एक दिनमात्र बस्ने कार्यतालिका भएकोले यो अवधिमा ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनसँग व्यापार र उत्तर कोरियाको प्रमाणुकार्यक्रमका बारेमा छलफल गर्ने कार्यतालिका रहेको छ ।
ट्रम्पले दक्षिण कोरियामा रहदा त्यहाँ रहेका अमेरिकी फौज, र त्यहाँका स्थानीय राजनितिक दलका नेताहरुसँग पनि भेट्ने कार्यक्रम रहेको छ । एसियाको पाँच राष्ट्रको भ्रमणमा निस्किएका ट्रम्प यसअघि जापान पुगेका थिए। राष्ट्रपति ट्रम्पले अब चीन, भियतनाम, र फिलिपिन्सको भ्रमण गर्नेछन्।
सयुक्त राष्ट्रसंघले साउदी अरब नेतृत्वको गठवन्धनले यमनमा गरिरहेको आक्रमणका कारण त्यहाँ गम्भीर खाद्य संकट उत्पन्न भएको जनाएको छ । साउदी अरब नेतृत्वको गठवन्धन फौजले यमनमा पछिल्लो दुई सातायता हवाईमार्ग, सामुद्रिक मार्ग र स्थलमार्गमा नाकाबन्दी गरेसँगै यमनमा खाद्य संकट उत्पन्न भएको राष्ट्रसंघले जनाएको छ ।
उक्त नाकाबन्दी कायम रहेमा यमनका दशौहजार बालबालिका कुपोषणको गम्भिर शिकार हुने राष्ट्रसंघको खाद्य कार्यक्रम प्रमुख डेभिड विइस्लीले चेतावनी दिनुभएको छ । यमनका करिब २ करोड ८ लाख अर्थात् ७० प्रतिशत नागरिक भोकमरीको चरम शिकार भएको विइस्लीको भनाई छ ।
युद्धका कारण ९० लाख यमनी नागरिकसामु मात्र विद्युत्को पहुँच पुगेको छ । सम्पती र पहुचको कमीका कारण अन्य नागरिक अन्धकारमा बस्न बाध्य भएको राष्ट्रसंघको ठहर छ ।
यो अवस्था कायम रहे यमनमा गम्भिर मानवीय संकट उत्पन्न हुने भन्दै चिन्ता व्यक्त गरिएको छ । यमनका सबै मार्ग बन्द गर्दा त्यहाँ मानवीय सहायताका सामाग्री पु¥याउन कठिन भएको भन्दै राष्ट्रसंघले साउदीअरब नेतृत्वको गठवन्धनको ध्यानाकर्षण गराएको छ । राष्ट्रसंघले हिजोका लागि यमनमा दुई ओटा हवाई उडानको अनुमति माग्दा कसैले पनि उडानको अनुमति नदिएको राष्ट्रसंघका सहप्रवक्ता फराहन हकले जनाकारी दिए।

Post a Comment