Header Ads

मुटु रोग "हर्ट एट्याक"हृदयघात कृपया अाफ्ना साथिभाई ईस्टमित्र ,टाेलछिमेक सबैलाई जानकारि गराअाैं। आफू पनि बाँच्न सिकौँ र अरूलाई पनि बाँच्न सिकाऊँ !



मुटु रोग "हर्ट एट्याक"हृदयघात

        हिँजोआज धेरै मानिसहरू "हर्ट एट्याक" वा हृदयघात भएर मरेको खबर सुनिन्छ । उमेर पुगेका मात्र नभएर युवाहरू समेत  हृदयघात भएर संसारबाट विदा हुनेको संख्या बढ्नु दुखद् कुरा भएको छ ।
हुन त खासमा युवाहरूलाई हुने गरेको हृदयघातको कारण गलत खानापान र गलत जीवनशैली नै हो भन्ने कुराको पनि टुङ्गो लागिसकेको छ ।

 त्यसैले पृथ्वीमा बाँचेर केही कर्म गर्न चाहाने व्यक्तिले आफ्नो जीवनशैली व्यवस्थित पार्नु अनिवार्य छ, अन्यथा अकाल मृत्यु वरण गर्नु पर्ने संभावना प्रवल देखिन्छ ।

यो त समस्या भयो तर समाधान के त? 
•••
खास गरेर एक्लै भएका बेला वा डा. वा अस्पतालसम्म  तुरून्त  पुग्न नसकिने अवस्थामा नै हृदयघात हुने गर्छ । अर्को कुरा हृदयघात हुँदै छ भन्ने कुराको पूर्व सूचना पनि पाईँदैन ।
तर मरेको समाचार सुन्नु वा सुनाउनु त राम्रो कुरा होइन । त्यस्तो अवस्थामा अस्पतालसम्म पुग्ने गरी बाँच्ने एउटा उपाय मुटु रोग विशेषज्ञहरूले सिकाएका छन् ।

१. अचानक बायाँ छाती दुख्यो र त्यो दुखाई बायाँ पाखुरा हुँदै बङ्गारासम्म आई पुग्यो भने तपाईँलाई हृदयघात हुँदै छ भन्ने जानकारी हो । यो जानकारी पाएपछि तपाईँ आत्तिनु मात्र भयो भने तपाईँले आफूलाई बचाउन सक्नु हुन्न । किनभने त्यसबेला तपाईँसँग १० सेकेण्ड मात्र समय हुन्छ । त्यसैले तपाईँ नआत्तिइकन तल दिइएका बुँदाहरू अनुशरण गर्नु होस्  :

२. आफूलाई हृदयघात हुँदै छ भन्ने  जानकारी पाउनासाथ तपाईँ नआत्तिईकन जहाँ हुनुहुन्छ त्यहीँ थुचुक्क बसिहाल्नु होस् र बिस्तारै दुवै नाकका प्वाल ( नासिका)बाट लामो र गहिरो सास फेर्नु होस् ।

२.अब तपाईँ जोड जोडले आवाज निकालेर र भूडी हल्लिने गरी खोक्नु होस् । कफ आए पनि थुक्दै नरोकिई खोकिरहनु होस् ।

३. त्यसबेला तपाईँले  अरू केही सोच्ने होइन "मैले आफूलाई बचाउनु पर्छ" भन्ने मात्र सोच्नु होस् ।

४. एकपटक लामो र गहिरो सास लिनु होस् र सास भित्रै हुँदा हुँदै
त्यो सास खोकेर बाहिर फाल्ने काम गर्नु होस् । यो काम अस्पताल नपुगुञ्जेलसम्म गरिरहनु होस् ।

५. सहयोगी भएमा उसलाई "मलाई तुरून्त अस्पताल पुर्याऊ"  भन्नु होस् । आफूले ड्राइभ नगर्नु होस् । तपाईँले नबिराई गहिरो सास लिने र खोक्ने काम मात्र गर्नु पर्छ । त्यस बाहेक सहयोगीसँग गफ नगर्ने लामो सास र खोक्ने प्रकृयालाई अस्पतालमा डाक्टरले हृदयघातबाट बचाउने प्रक्रिया शुरू नगरूञ्जेल गरिरहनु पर्छ ।
•••
मित्रहरू!
चाहिने नचाहिने जोक्स र उट्पट्याङ भिडियो पठाएर साथीहरूलाई दिक्क पार्नुको साटो
यो मेसेज सकेसम्म धेरै साथीहरू माझ बाँड्नुहोस् आफू पनि बाँच्ने र अरूलाई पनि बचाउने मानवधर्मको पालना  गर्नु होस् ।
•••
प्राप्तकर्ताले पनि धेरै ओटा यही मेसेज पाउँदा झर्को नमान्नु होस् बरू खुसी हुनुहोस् । किनभने यो मेसेज जति धेरै साथीहरूबाट तपाईँलाई आइरह्यो त्यति नै तपाईँलाई तपाईँका साथीहरूले माया गर्दा रहेछन् भन्ने अर्थ लगाउनु होस् ।

जस्तो कि, मेरा लागि तपाईँ महत्वपूर्ण हुनुहुन्छ । तपाईँ अकालमा मर्नु हुँदैन । तपाईँले आफू पनि यस धरामा बाँच्ने अरूलाई पनि बचाउने काम गर्नु पर्छ भनेर मैले यो मेसेज तपाईँलाई पठाएको छु ।
धन्यवाद ❤️

No comments

Powered by Blogger.