Header Ads

बिल गेट्सलाई पछि पार्दै अमेजनका जेफ बेजोस बने विश्वकै धनी

वासिङ्टन- अनलाइन सपिङ कम्पनी अमेजनका सीइओ जेफ बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन्। यसअघि माइक्रोसफ्ट कम्पनी संस्थापक बिल गेट्सलाई पछि पार्दै उनी ९०.६ अर्ब डलरसहित उनी विश्वकै धनी व्यक्ति बनेका हुन्।

बिल गेट्स ९०ं.१ डलरसहित विश्वका दोस्रो धनी व्यक्तिमा गनिएका छन्। आगामी २५ वर्षभित्र उनको आम्दानी १०० अर्ब डलर पुग्ने अक्सफ्यामले बताएको छ।

अमेरिकाको टेक्सास राज्यमा उनको ३० हजार एकर्डको जमिनमा फार्म हाउस रहेको छ। अमेजन कम्पनीको सेयरमा २ प्रतिशतले वुद्धि भएपछि उनी विश्वका धनी व्यक्ति बन्न सफल भएका हुन्।

फोब्स म्यागजिनले प्रकाशन गरेको विश्वका दश धनी व्यक्तिहरूको सूचीमा फेसबुक कम्पनीका मालिक मार्क जुकरबर्ग पनि परेका छन्।
अमेरिकाको  राजधानी वासिङ्टन डिसीमा उनको  २३ मिलियन डलर बराबरकोे भव्य बंगला छ। उनी अमेरिकी पूर्व राष्ट्रपति बाराका ओबामा तथा राष्ट्रपति ट्रम्पकी छोरी इभाका ट्रम्पका छिमेकी हुन्।

No comments

Powered by Blogger.