झापाको बिर्तामोडमा तनाव जारी, प्रहरीको गोलीले एकको मृत्यु
काठमाडौं
झापाको बिर्तामोडमा स्थानीय र प्रहरीबीच भएको झडपमा एकको मृत्यु भएको छ ।
झापा अर्जुनधारा नगरपालिकाका ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई तत्काल कारबाहीको माग राख्दै र्यालीमा उत्रिएका स्थानीय र प्रहरीबीचको झडपमा प्रहरीको गोली लागी एकको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी राजकुमार सिलवालका अनुसार मृत्यु हुने झापा चारपानेका नरेश थापा हुन् । बिर्तामोडमा शुक्रबार दिउँसो १ः३० बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगेको छ । स्थानीयले बिर्तामोडको मुक्तिचोकमा निकालेको र्याली हिंसात्मक बनेपछि कफ्र्यु लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।
Post a Comment