विद्यार्थीको हल्लाले हैरान भए शिक्षक, यस्तो विचित्र सजाय दिए कि माग्न थाले माफी
एजेन्सी। हामीमध्ये धेरैले आफ्नो स्कुले जीवनमा सजाय पाएका छौं । हामीलाई छडीदेखि हातले कुटपिट गर्ने, बेन्चमा उभ्याउने, कक्षाबाट बाहिर निकाल्ने सजाय सामान्य भइसक्यो । तर, चीनका एक शिक्षकले सजाय दिनको लागि जुन तरिका अपनाए त्यो निकै फरक र असरदार थियो ।
चीनको हुनान प्रान्तको मेडिकल कलेजमा कक्षा चलिरहेका बेला विद्यार्थीहरुले हल्ला गरेपछि झांग नामका शिक्षकले यस्तो सजाय दिएका थिए । सुरुमा हल्ला गर्ने विद्यार्थीलाई झांगले हल्ला नगर्न भने तर विद्यार्थीहरुले सुनेनन् । त्यसपछि उनलाई निकै रिस उठ्यो । उनले विद्यार्थीहरुलाई सजाय दिनको लागि हल्ला गर्ने सबै १६ जना विद्यार्थीहरुलाई कक्षाबाहिर बसाले र उनीहरुको अगाडि ५० किलो सूर्यमुखीको बीउ राखिदिए । सजाय यो थियो कि उनीहरुले सबै बीउ खाएर सक्नुपर्ने थियो । सुरुमा त विद्यार्थीहरुले सबै बीउ खाएरै सक्न कस्सिए । तर, पछि उनीहरुलाई यसो गर्न नसकिने थाहा भयो । त्यसपछि उनीहरुले शिक्षकसँग माफी माग्न थाले ।

Post a Comment