फागुन ८ गते नेपाल बन्दको घोषणा
काठमाडौं, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टीले फागुन ८ गते नेपाल बन्दको आव्हान गरेको छ । आफ्ना नेता-कार्यकर्ताहरुमाथि बिनाकारण दमन गरेको भन्दै नेकपाले त्यसको विरोधमा ८ गते नेपाल बन्दको घोषणा गरेको हो । पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लेआइतबार एक विज्ञप्ति जारी गर्दै कम्युनिस्ट नामबाट सरकारमा पुगेका ओलीले आफ्नो पाखण्डी एवं दमनकारी चरित्रलाई नांगो बनाएको बताएका छन् । उनले यो गिरफ्तारीको घोर भर्तसना समेत गरेका छन् ।
राष्ट्रिय युवा जनस्वयं नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि विराटनगर पुगेका नेकपा स्थायी समितिका सदस्य सुदर्शन, पीबीएम पदम राई लयागतका २ सय बढी नेताह कार्यकर्तारु गिरफ्तार परेपछि महासचिव विप्लवले त्यसको कडा शब्दमा निन्दा गरेका छन् । ‘विराटनगर पुग्दै गर्दा चार दिन अघि मात्र गठन भएको कथित सामाजिक दलाल पुँजीवादी केपी ओलीको सरकारले विना कारण कमरेड सुदर्शन र पीबीएम पदम राई लगानयत दर्जनौं युवन कमरेडहरलाई गिरफ्तार गरेको छ । यो गिरफ्तारीले राजनैतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदांगो पारेको छ ।’महासचिवद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
Post a Comment